Home / Sports / भारतीय क्रिकेट खेलाडी पार्थिव पटेलले क्रिकेट बाट सन्यासको घोषणा

भारतीय क्रिकेट खेलाडी पार्थिव पटेलले क्रिकेट बाट सन्यासको घोषणा

काठमाडौं : भारतीय क्रिकेट खेलाडी पार्थिव पटेलले सबै खाले क्रिकेट फ्रम्याटबाट सन्यासको घोषणा गरेका छन् ।  भारतीय टोलीका विकेट किपर ब्याट्सम्यान पार्थिव पटेलले सन्यासको घोषणा गरेका हुन् ।  लामो समय भारतीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका ३५ वर्षीया विकेट किपर पटेलले ट्वीट गर्दै सबै ढाँचाका क्रिकेटबाट सन्यास लिएको बताएका छन् । 

भारतका लागि २५ टेष्ट, ३८ एक दिवसीय र २० टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका उनले १८ वर्ष क्रिकेट करियरमा बिताए ।  “मैले आज सबैखाले क्रिकेट ढाँचाबाट बिदा लिइरहेको छु । म आज आफ्नो १८ वर्षको क्रिकेट यात्रा अन्त्य गर्न गइरहेको छु । मलाई यहाँसम्म पु¥याउन बीसीसीआईले महत्वपूर्ण भूमिका खेल्यो । ममा भरोसा गर्यो,” पटेलले लेखेका छन् । 

१७ वर्ष १ सय ५२ दिनमा टेष्ट क्रिकेटमा डेब्यु गरेका पार्थिव पटेलले करियरमा ३१ दशमलव १३ को औसतमा ९ सय ३४ रन बनाएका थिए । जसमा ६ अर्धशतक पनि छन् ।  पार्थिवले एकदिवसीय करियरमा २ हजार ८ सय ४८ रन बनाएका छन् । उनले पहिलो श्रेणी क्रिकेटमा १ सय ९४ खेलमा २७ शतक सहित ११ हजार २ सय ४० रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *