काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७७० ग्राम सुनसहित एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा डोल्पा ठूलो भेरी नगरपालिका–७ घर भएका ३३ वर्षीय बिष्णुबहादुर शाही रहेका छन।
फ्लाई दुबाईको विमानबाट आएका शाहीलाई विमानस्थल भन्सार कार्यालयको एक्सरेमा प्रहरीले जाँच गर्ने क्रममा लगेज भित्र इमरजेन्सी लाइटमा लुकाई ल्याएको उक्त धातु सहित हिजो साँझ पक्राउ गरेको हो ।






