काठमाडौं : कोभिड १९ सँग मिल्दोजुल्दो लक्षणसहित बिरामी भएमा ‘स्क्रब टाइफस’को परीक्षण गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। कोभिडको नतिजा नेगेटिभ आए पनि उस्तै लक्षण देखिए स्क्रब टाइफस हुनसक्ने मन्त्रालयले जनाएको छ। उच्च ज्वरो आउनु, धेरै टाउको दुख्नु, जोर्नी तथा मांसपेशी दुख्नु आदि स्क्रब टाइफसका लक्षण हुन् ।
यो संक्रमण मुसा वा अन्य जिवजन्तुमा हुने संक्रमित किर्नाले मानिसमा सार्ने गर्दछ । स्क्रब टाइफसको संक्रमणबाट बच्न निम्न उपाय अपनाउन मन्त्रालयले सुझाएको छ।






