पोखरा : पोखरामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा महानगरको वडा नं ३२ रमेश मगर रहेका छन्। उनलाई सोही ठाउ स्थित शिशुवामा खुदी खोलाले बगाएको हो।
मृत्यु भएका ६० वर्षीय मगर खुदीखोला तरेर गगनगौँडा जान लागेका थिए। बेगनास तालको पानी बग्ने खोला खुदीखोला हो।
सोही क्रममा मगरलाई खोलाले ३० मिटरसम्म तल बगाएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए।






