काठमाडौँ: शनिबार काठमाडौ उपत्यकामा ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौँमा, ललितपुरमा र भक्तपुरमा क्रमश ५८३, ७८ र ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो।
यसैगरी बिगत २४ घन्टामा उपत्यकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ रहेको छ। जसमा काठमाडौँ २, भक्तपुर १ र ललितपुर १ रहेको स्वास्थ मन्त्रालय द्वारा जानकारी गराइएको छ।






