Home / Nepal / News / पछिल्लो २४ घण्टा भित्र कोरोना सङ्क्रमणका कारण ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टा भित्र कोरोना सङ्क्रमणका कारण ८ जनाको मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ।मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४६७ पुगेको छ ।

सप्तरीका ६३ वर्षीय पुरुष, काठमाडौंका २० र ७४ वर्षका दुई पुरुष, भक्तपुरका ८८ वर्षीय पुरुष, मकवानपुरका ७४ वर्षीय पुरुष, ललितुरका ७६ वर्षीय पुरुष, रुपन्देहीका ७२ वर्षीय पुरुष र कैलालीका ३० वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १ हजार २०७ कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका सोही अवधीमा १ हजार १४७ सोही अवधीमा संक्रमित निको भएर घर फर्किएका छन् ।

कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । ५३ हजार १३ संक्रमित निको भएर डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *