अनुशासन उल्लंघन गरेको कसुरमा अफ्रिकाको कंगोमा खटिएको नेपाली सेनाका अधिकृत र जवानमाथि छानविन सुरू गरिएको छ।
शान्ति स्थापनार्थ खटिएको गणमा सैनिक आचरण र मर्यादाविपरीत कार्य भएको घटनामा सेनाले ‘कोर्ट अफ इन्क्वायरी’ सुरू गरेको हो।
शान्ति स्थापना कार्यमा संलग्न सेनाका सदस्यमा उच्चस्तरको अनुशासन कायम राख्न सेनाले यो छानविन अघि बढाएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले बताए।
बिहीबार कंगोमा खटिएको उक्त क्याम्पमा सैनिक अधिकृतहरूले जवानलाई कुटपिट गरेका थिए। कुटपिट घटनाको वास्तविकता पत्ता लगाउन जंगी अड्डाले छानविन समिति नै गठन गरेको हो।
कंगोमा सेनाको सात सय जनाको पल्टन शान्ति स्थापनार्थ खटिएको छ।उक्त पल्टन कंगो खटिएको एक वर्ष पुगेको छ।





