काठमाडौ- आइपिएल को आज हुने आठौं खेलमा सनराइजर्स हैदरावाद र कोलकता नाइट रायडर्स आमनेसामने हुदैछन्। आ-आफ्नो पहिलो खेलमा पराजित रहँदै आईपीएल यात्रा सुरु गरेका यी दुवै टोली बिचको दोस्रो खेल नेपाली समय अनुसार बेलुका ७:४५ बाट सुरु हुने छ।
हैदरावादले बिराट कोहलिको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोर सङ आफ्नो पहिलो खेलमा पराजय भोगको थियो भने रोहित शर्मा नेतृत्वको मुम्बई इन्डियन्ससँग कोलकता पराजित भएको थियो।





