Home / Sports / हैदरावाद द्वारा कोलकाता सामु १४३ रनको चुनौती प्रस्तुत-

हैदरावाद द्वारा कोलकाता सामु १४३ रनको चुनौती प्रस्तुत-

काठमाडौ- इन्डियन प्रिमियर लिग (आईपीएल) को सातौं खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १४२ रनको सानो योगफल निर्माण गर्न सक्यो।

हैदराबादको तर्फबाट मनिष पाण्डेले सर्वाधिक ५१ रन बनाए । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका उनले ३८ बलको सामना गर्दै तीन चौका र दुई छक्का प्रहार गरे ।

हैदराबादले आजको खेलमा पनि राम्रो सुरुवात गर्न सकेन । ओपनर बेरस्टोव पाँच रनमा र अर्का ओपनर डेभिड वार्नर ३६ रन बनाएर आउट भए । रिद्दीमन शाहा ले ३० रन बनाए भने मोहम्मद नाबी ११ रनमा अविजित रहे ।

कोलकाताका लागि प्याट कमिन्सले किफायती बलिङ गर्दै चार ओभरमा मात्र १९ रन खर्चिएर एक विकेट लिए भने आन्द्रे रसेल र वरुण चक्रवर्तीले पनि १-१ विकेट नै आफ्नो नाममा दर्ता गराए।

समान एक एक खेलबाट कोलकाता र हैदराबाद दुबैको अङ्क तालिकामा ०-० अंक रहेको छ भने आफुले खेलेका दुबै खेलमा जित दर्ता गरेको दिल्ली क्यापिटल्स चार अंकका साथ अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *