काठमाडाैं : नेपाली कांग्रेसले दार्चुलाको खलङ्गा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा नदीमा वेपत्ता भएको घटनाबारे तत्काल छानबिन गर्न माग गरेकाे छ।
`भारतीय एसएसबीका जवानले तुइन काटिदिएकाले घटना भएको समाचार सार्वजनिक भएपश्चात् जिल्ला पार्टी सभापति ललितसिंह बोहरा र अन्य नेतृत्व तहले स्थानीय रूपमा गरेको बुझेपछि सोही विवरण केन्द्रमा प्राप्त भएको´ कांग्रेसले जनाएको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्तिमार्फत् नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद, अमानवीय र अत्यन्तै आपत्तिजनक भएको बताएका छन् ।
उनले घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा सम्वाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन/दिलाउन पार्टीका तर्फबाट सरकारसँग माग गरेका छन्।






