लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त्त भए सँगै प्रदेशसभा सदस्य विमला वली सम्पर्कविहीन भएकी छीन। नेकपा एमालेबाट निर्वाचीत
वलीले पार्टी विभाजनपछि माओवादी केन्द्र रोजेकी थिइन् ।
लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख अमिक शेरचन आएपछि सरकार परिवर्तनको खेल हुनसक्ने चर्चाबीच सांसद वली सम्पर्कविहीन भएकी हुन।
वलीसँग सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसकेको लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगर ‘ वसन्त’ले जानकारी दिनु भएको हो।






