Home / Society / शीर्षक – को चोर हो आखिर?

शीर्षक – को चोर हो आखिर?

लेखक – सोमनाथ दाहाल

कस्तो भ्रष्ट हुने भनौँ न महिमा यो काल विश्राममा
राती चार गुणा दुई दिन गरी त्यो भ्रष्ट यो बिचमा ।
चिच्याए सब लौ मिलेर जनता जान्दैन लौ यो पिर
खाए देश सबै भएर दिनमा को चोर हो आखिर? ।।

भन्ने गर्दछ माझ आज जनता नेता महा चोर हो
नेता भन्दछ कामदार सबमा पूरा सबै चोर हो ।
भो काङ्ग्रेस र कम्युनिष्ट उनमा यो दोष कालो भिर
खाए देश सबै भएर दिनमा को चोर हो आखिर ?।।

न्यायाधीश भनाभनी हुन गयो त्यो चोर हो सांसद
हो यो चोर सबै भनी पुलिसमा खै छैन है फुर्सद ।
लागे है प्रहरी नि सर्व जनता ती चोर भन्ने तिर
खाए देश सबै भएर दिनमा को चोर हो आखिर? ।।

बूढो भन्छ युवा सबै फगतमा बाचेछ संसारमा
लोभी वृद्ध भनेर नाम उनको राख्ने भए चोरमा ।
भन्ने मूर्ख जमात चोर अहिले विद्वानको मन्दिर
खाए देश सबै भएर दिनमा को चोर हो आखिर? ।।

चोर्ने जीवन गाउँले सहरका भन्दैछ जो सेठले
भन्ने यो मुखिया धनाढ्य जनमा गन्दैछ यो चोरले ।
मान्छे दुर्गुण चर्च मस्जिद हुँदै गुम्बा र ती मन्दिर
खाए देश सबै भएर दिनमा को चोर हो आखिर? ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *