Home / Nepal / News / नेपाली कथानक चलचित्र ‘डाँडाको वरपीपल’ आजबाट प्रदर्शन

नेपाली कथानक चलचित्र ‘डाँडाको वरपीपल’ आजबाट प्रदर्शन

काठमाडौं : सिनेमा हलमा आजबाट शोभित बस्नेतको निर्देशनमा रहेको नेपाली कथानक चलचित्र ‘डाँडाको वरपीपल’ रिलिज हुँदैछ।

भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेतलगायत कलाकारको अभिनय रहेको छ।

अन्य पाँच दर्जन चलचित्र निर्माण सम्पन्न भएर रिलिजका लागि तयारी अवस्थामा रहे पनि प्रदर्शन गरिएका छैनन्। दर्शक चलचित्र हेर्न हलसम्म जान्छन् कि जाँदैनन् भन्ने निश्चित नभएका कारण चलचित्रहरु रिलिज गरिएका छैनन्।

कोरोना संक्रमणको त्रासका कारण सिनेमा हल बन्द भएपछि रिलिज भएको यो पहिलो नेपाली चलचित्र हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *