Home / Nepal / हिरासतमा आत्महत्या गरेका हकिव मियाँको परिवारलाई क्षतिपूर्तिको सिफारिस

हिरासतमा आत्महत्या गरेका हकिव मियाँको परिवारलाई क्षतिपूर्तिको सिफारिस

काठमाडौं : जिल्ला प्रहरी कार्यालय सुनसरीका हिरासतमा आत्महत्या गरेका हकिव मियाँको परिवारलाई क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय सुनसरीमा सोमबार सम्पन्न सरोकारवालाको बैठकले सो सिफारिस गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी र्दिए ।

भोक्राहा नरसिंह गाउँपालिका–५ का मियाँले गत आइतबार आत्महत्या गरेको बताइएको छ । बैठकले हकिवले आत्महत्या गरेका विषयमा छानबिन गर्ने र कोही दोषी देखिए आवश्यक कारबाही गर्ने, घटनाको सत्यतथ्य सार्वजनिक गर्ने र सामाजिक सद्भाव कायम गर्ने निर्णय गरेको सहायक प्रजिअ पोखरेलले बताए।

मृतकको परिवार र प्रशासनबीच सहमतिपछि पीडित परिवारले शव बुझेका छन्। बैठकमा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, कोसीका अध्यक्ष अयुव अन्सारी, हरिनगरका अध्यक्ष गफार अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाका कावा अध्यक्ष पुनमकुमारी मेहता सहभागिता थियो।

यसैगरी नेपाली कांग्रेसका सुनसरी सचिव केदार भण्डारी, नेकपा (माओवादी केन्द्र)का योगेन्द्रप्रसाद मण्डल (पप्पु), जनता समाजवादीका अध्यक्ष भगिरथ खत्वे, नेकपा (एमाले)का राम कोइराला, नेपाल पत्रकार महासङ्घ सुनसरीका कोषाध्यक्ष अजितकुमार झा, समाजसेवी भुवनेश्वर यादव, मौलाना हारुन खाँ सुनसरीका प्रहरी प्रमुख सञ्जयसिंह थापालगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *