Home / Nepal / भारतीय सेना प्रमुख भन्छन् : नेपालले अरुको इशारामा लिपुलेकको मुद्दा उचाल्यो

भारतीय सेना प्रमुख भन्छन् : नेपालले अरुको इशारामा लिपुलेकको मुद्दा उचाल्यो

एजेन्सी, काठमाडौं । भारतका सेना प्रमुख मनोज नरभानेले नेपालले लिपुलेकको मुद्दा अरु कुनै मुलुकको इशारामा उचालेको आरोप लगाएका छन् ।

उनले भारतले लिपुलेकमा मानसरोवर जानको लागि खनेको बाटो भारतीय भूमिमा नै खनेको दाबीसमेत गरेका छन् ।

शुक्रबार एक कार्यक्रममा बोल्दै उनले भारतीय तीर्थयात्रीका लागि खनिएको उक्त बाटोमा कुनै पनि विवाद नरहेको पनि बताएका छन् ।

उनले अहिले यो विवाद निस्किनुमा नेपाललाई कसैले उचालेको उल्लेख गरे । यद्यपि उनले तेस्रो मुलुकको नाम भने उल्लेख गरेका छैनन् ।

नरभानेले शुक्रबार नेपालले आफ्नो भूभाग महाकाली नदीको पूर्वतर्फ भएको बताउँदै आएको र भारतले अहिले निर्माण गरेको सडक नदीको पश्चिमतर्फ रहेको दाबी गरेका छन् ।

यस्तोमा विवाद निकाल्नुपर्ने कुनै पनि कुनै कारण नरहेको उनको भनाइ छ । नेपालले यो विषय कसैको इशारामा उचालेको हुन सक्ने सम्भावना ठूलो रहेको उनले दाबी गरे ।

भारतले गत साता नेपाली भूमि हुँदै जाने ८० किलोमिटरको बाटो उद्घाटन गरेको थियो ।

नेपाली भूमिमा बाटो निर्माण गरेसँगै नेपालले आपत्ति प्रकट गरे पनि भारतले भने सडक आफ्नै भूमिमा बनेको भन्दै दाबी गर्दै आएको छ । यस विषयलाई लिएर नेपालमा आक्रोश फैलिएको छ ।

स्रोतः द हिन्दू

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *