Home / Nepal / News / सात वर्षीय बालक सहित थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६७ पुग्यो

सात वर्षीय बालक सहित थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६७ पुग्यो

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।

काठमाडौं सतुंगलका ७ वर्षीय बालक, वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दाङमा पहिलोपटक कोरोना संक्रमित भेटिएका छन् । गढवाका दुई र तुलसीपुरका एक गरी तीन जना पुरुषमा कोरोना संक्रमण भेटिएको हो ।

यस्तै, उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या २६७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *