Home / Nepal / News / पहिरोको कारण अबरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड ६ घन्टा पछि संचालनमा

पहिरोको कारण अबरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड ६ घन्टा पछि संचालनमा

चितवन: चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलोमा आज बिहान साढे ४ बजेतिर खसेको पहिरो डोजर लगाएर पन्छाएपछि मुग्लिन सडकखण्ड ६ घण्टापछि खुलेको छ ।

उक्त सडकखण्डमा बेलाबेला पहिरो जानेकारण उक्त राजमार्ग भएर काठमाडौ जाने र काठमाडौबाट पश्चिम जाने सबारीहरु समस्यामा पर्ने गरेका हुन।

उक्त सडकखण्डमा लेदो माटो र ढुङगासहितको पहिरो खसे पछि बन्द भएको सडक ६ घन्टा पछि आज बिहान साढे १० बजेदेखि सञ्चालनमा आएको मुग्लिन प्रहरीले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *