Home / Society / आज आश्विन सङ्क्रान्ती हतियार तथा औजारका देवता बिस्वकर्माको पुजा गरेर मनाइदै

आज आश्विन सङ्क्रान्ती हतियार तथा औजारका देवता बिस्वकर्माको पुजा गरेर मनाइदै

आज आश्विन १ गते अर्थात आश्विन संक्रान्ति हतियार तथा कला कौसलका सृष्टिकर्ता विश्वकर्मा पुजा गर्दै मनाउने गरिन्छ। द्वापर युगमा भगवान श्रीकृष्ण राक्षसले दुःख दिएपछि उनै बिस्वकर्माले समुन्द्रकि बिचमा द्वारका नामको पवित्र शहर निर्माण गरेर भगवान कृष्ण रहनु भएको भन्ने महाभारतमा उल्लेख गरिएको छ।

देवता र दानव युद्ध तथा पान्डब कौरब युद्धमा यिनै बिस्वकर्माले हतियार निर्माण गरेका र देवताहरूको लागि धेरै भव्य हतियारहरूको सृष्टिकर्ता बिस्वकर्मा हुन भन्ने मान्यता रहि आएको छ।

विशेष गरि बिश्वकर्मा जयन्ती प्राय: कारखाना, औद्योगिक क्षेत्रहरू तथा ईन्जिनियर र वास्तुकला समुदाय शिल्पकार, मेकानिकल क्षेत्रमा विशेष रुपमा मनाइएता पनि सामान्य गाडी हतियार तथा फलाम प्रयोग गर्ने मानिसले आफ्नो साधनलाई पुजा गर्दै घरहरूमा नै मनाउने पनि प्रचलन रहि आएको छ।

आफू सङ भएका औजार, सबारी साधन, गाडी, हतियार सरसफाइ गरि तिनलाइ बिस्वकर्माको रुपमा पुजा गर्ने गरिन्छ। श्रमिकहरूले बिभिन्न मेशिनहरूको सहज सञ्चालनका लागि सबै कामदारहरू साझा ठाउँमा भेला भएर प्रार्थना पुजा गर्दै नाचगान गरेर बिस्वकर्माको स्मरण गर्ने गरिन्छ।

विश्वकर्मालाई संसारका सृष्टिकर्ता र देवताहरूको शिल्पकार मानिन्छन। यो हिन्दू पात्रोको ‘कन्या संक्रान्ति’ मा पर्दछ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *