Home / World News / एकै परिवारका पाँचको घाँटी रेटेर हत्या

एकै परिवारका पाँचको घाँटी रेटेर हत्या

काठमाडौं । पन्जाबको तरनतारनस्थित काईरोन गाउँमा एकै घरको पाँच जनाको हत्या भएको छ ।

आज बिहिबार विहानै यो घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ। उनीहरु सबैको घाँटी रेटी हत्या भएको बताईएको छ।

५५ वर्षको ब्रजलाल नाम गरेको व्यक्ति, उनको दुई छोरा, एक बुहारी र ब्रजलालका श्रीमतीको हत्या भएको हो ।

यस घटना के कारणले कस्ले घटायो भनेर अझै पनि खुलिसकेको छैन ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *