Home / World News / मुम्बई इन्डियन्स १३ औं इन्डियन प्रीमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश

मुम्बई इन्डियन्स १३ औं इन्डियन प्रीमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश

दिल्लीविरुद्ध शानदार जित निकाल्दै मुम्बई इन्डियन्स जारी इन्डियन प्रीमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ।

फाइनल प्रवेशका लागि दिल्लीविरुद्ध भएको खेलमा मुम्बई इन्डियन्सले शानदार जित निकालेको हो। यस संगै तेह्रौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गर्ने पहिलो टिमको टुङ्गो लागेको हो।

मुम्बईले दिल्लीलाई दिएको २०१ रनको बलियो लक्ष्य दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १४३ रनमा समेटियो। दिल्लीका लागि मार्कुस स्टोइनिसले अर्धशतकीय पारी खेलेता पनि उनको प्रयासले दिल्लिलाइ बचाँउन सकेन ।

४६ बल खेलेका उनले ६ चौका र ३ छक्काको सहयोगमा ६५ रनको योगदान गरेका थिए। त्यस्तै अक्षर पटेलले ४२ रन बनाउँदा कगिसो रबाडा १५ रन तथा कप्तान श्रेयस अ‍ैरले १२ रन बनाए। टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०० रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो।

मुम्बईका लागि इशन किशन र सुर्यकुमार यादवले अर्धशतकीय रन बनाएका थिए।ब३० बल खेलेका इशन किशनले ४ चौका र ३ छक्काको सहयोगमा ५५ रन बनाए। त्यस्तै ३८ बल खेलेका यादवले ६ चौका र २ छक्काको सहयोगमा ५१ रनको योगदान गरेका थिए।

मुम्बईका लागि क्विन्टन डी ककले ४० रन बनाउँदा हार्दिकले ३७ रन जोडेका थिए। बलिङतर्फ मुम्बईका लागि जस्प्रित भुम्राहाले सर्वाधिक चार विकेट लिएका थिए भने दिल्लीका लागि रविचन्द्र आश्विनले सर्वाधिक तीन विकेट लिए।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *