चितवन- भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जंगलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
शुक्रबार राती करिब १० बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत रत्ननगरबाट भरतपुरतर्फ आइरहेको ना ५ ख १३६४ नं.को ट्रकले ना ६४ प ८३६३ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रत्ननगर नगरपालिका वडा नम्बर १४ का अन्दाजी ३४ वर्षीय पुरन गिरी गम्भिर घाइते भएका थिए।
गिरीको उपचारका क्रममा भरतपुर अस्पतालमा शुक्रबार राति १०ः२० मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनु भयो।
हाल उक्त ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ।






