तानसेन- पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ ।
वर्षाका कारण बिहीबार खोजीकार्य हुन सकेको थिएन । शुक्रबार बिहानदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासी खोजी कार्यमा खटिएका थिए।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीका अनुसार मृत्यु हुनेना हुमबहादुर गाहा हुमीसरा गाहा कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आलेको रहेकाछन।






