Home / World News / दिल्ली द्वारा चेन्नाइ सामु १७६ रनको लक्ष्य प्रस्तुत-

दिल्ली द्वारा चेन्नाइ सामु १७६ रनको लक्ष्य प्रस्तुत-

पृथ्वी शको अर्धशतकमा इन्डियन प्रिमियर लिग (आईपीएल) को सातौं खेलमा दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई १७६ रनको लक्ष्य दिएको छ ।

दुबई अन्तरास्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै तीन विकेटको नोक्सानीमा १७५ रन बनायो ।

दिल्लीको लागि ओपनरद्वय पृथ्वी श र शिखर धवनले उत्कृस्ट सुरुवात दिए। शिखर धवन ब्यक्तिगत ३५ रनमा आउट भएभने पृथ्वी श ले ६४ रन जोड्न सफल भए।

आजको खेलमा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका विकेट किपर ब्याट्सम्यान रिशब पन्त र कप्तान श्रेयस ऐयरले तेश्रो विकेटका लागि ५८ रन जोड्दै दिल्लीको पारी सम्हाले । २६ रन बनाएका ऐयर आउट भएभने पन्त ३७ रनमा अविजित रहे ।

चेन्नाईका पियुष चावलाले सर्वाधिक दुई विकेट हात पारे भने साम कुर्रानले पनि आफ्नो नाममा एक विकेट दर्ता गराए । समान ४-४ ओभर बलिङ गरेका चावला र कुर्रानले क्रमश २७ र ३३ रन खर्चिए भने चार ओभर नै बलिङ गरेका रविन्द्र जडेजा खर्चिलो सावित हुँदै ४४ रन खर्चिए भने विकेट बिहिन रहे।

यस सिजन चेन्नाईको आजको खेल तेश्रो हुनेछ भने दिल्ली आफ्नो दोश्रो खेल खेल्न लागेको हो । चेन्नाईले प्रतियोगिताको उद्घाटन खेलमा मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गरेको थियो भने राजस्थानसँग १६ रनको हारको सामना गरेको थियो । दिल्लीले भने सुपर ओभरमा किंग्स ११ पन्जाबलाई पराजित गर्दै दुई अंक बटुल्न सफल भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *