गत शुक्रबारबाट खुलेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आईपीओ मङलबार बन्द भएको छ।
नेप्सेको इतिहासमै सबभन्दा ठूलो भनिएको आईपीओमा मङलबार सम्म १५ लाख १२ हजार ८ सय २३ वटा आबेदनबाट १७ करोड ९९ लाख ३१ हजार ४ सय १० वटा सेयरको लागि आबेदन परेको थियो ।
प्रस्तावित ८ करोड शेयर मध्धेमा ०.२ प्रतिसत कर्मचारी र ५ प्रतिशत मिचुवल फन्डलाइ छुट्याएर बाकीँ ७ करोड ५८ लाख ४० हजार सेयर सर्बसाधारणका लागि जारी गरीएको थियो।
एनआईबीएल एस क्यापिटल लिमिटेड इसु मेनेजर र सीआईटी अण्डरराइटर रहेको उक्त आईपीओ जारी भएपछि कम्पनीको चुक्ता पुँजी २० अर्ब पुग्नेछ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक जलविद्युत् आयोजना, सडक पूर्वाधार इत्यादि जस्ता महत्वपूर्ण पूर्वाधार परियोजनाहरूमा लगानीबाट फाइदा लिनका लागि स्थापना गरिएको हो।
यद्यपि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा १२.४३ प्रतिशतले घटेर १८.१ करोड रुपैयाँ रहेको र प्रती सेयर आम्दानि ६ रुपैयाँ रहेको थियो।






