बनियानी : झापाको भद्रपुर–५, झापा चोकमा मंगलबार बेलुका कपास उद्योगमा आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
भद्रपुर–५, झापा चोकस्थित सोही वडाका रामचन्द्र सहनीले सञ्चालन गरेको कपास उद्योगमा कपास पेल्ने क्रममा कपासमा मिसिएर आएको ढुंगाका कारण मेसिनमा खराबी आएर अचानक आगलागी भएको हो। आगलागीबाट कपास पेल्ने मेसिन एकथान र ५७ बोरा तयारी कपास पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।
स्थानीयवासी, प्रहरी र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो।






