Home / Nepal / उपत्यकामा प्रवेश र आवज-जावजमा थप कडाइ

उपत्यकामा प्रवेश र आवज-जावजमा थप कडाइ

काठमाडौं: पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि उपत्यकामा प्रवेश तथा आवजजावजमा थप कडाइ गरिने भएको छ।

आज उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उपत्यकामा थप कडाइ गर्ने निर्णय गरेको हो।

बैठकले दुई हप्तासम्म नागरिकता पासपोर्ट लगायतका प्रसासन कार्यलयबाट वितरण हुने कार्यमा समेत रोक लगाउने निर्णय गरेको छ।

कोरोना जोखिम न्यूनिकरणको लागि आइतवार देखि लागू हुने उक्त निर्णय बाट अनुसार सवारी साधन आवत जावत र मानवीय क्रियाकलापमा समेत कडाई गर्न लागिएको बुझिएको छ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले भने हिजोबाट नै जोर बिजोर प्रणाली लागू गरेसकेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *