Home / Nepal / News / निरन्तर बर्षाका कारण दक्षिण भारतीय प्रान्त केरलामा डेढ दर्जन भन्दा बढिको मृत्यु

निरन्तर बर्षाका कारण दक्षिण भारतीय प्रान्त केरलामा डेढ दर्जन भन्दा बढिको मृत्यु

काठमाण्डौ: भारतको दक्षिणी प्रान्त केरलामा निरन्तरको वर्षापछि पहिरोमा जाँदा कम्तिमा १८ जनाको ज्यान गएको र दर्जनौ मानिसहरु हराइरहेका छन।

५० जना भन्दा बढिलाइ उद्धार गरिएको भारतिय संचार माध्यमहरुले जनाएका छ्न ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्ति गर्दै मृतकका परिवारलाई जनही २ लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेका छ्न।

निरन्तरको बर्षाका कारण राजधानी तिरुवनन्तपुरम पनि नराम्ररी बाढिको चपेटामा परेको छ

केरला राज्यमा ठूलो वर्षापछि ठाउँ–ठाउँमा बाढी र पहिरोको प्रकोप बढेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *