Home / Society / मोरङको उर्लाबारीबाट लागुऔषध ब्राउन सुगरसहित नौजना पक्राउ

मोरङको उर्लाबारीबाट लागुऔषध ब्राउन सुगरसहित नौजना पक्राउ

विराटनगर । मोरङको उर्लाबारीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित नौजना पक्राउ परेका छन् ।

उर्लाबारी नगरपालिका ७ का छोमाई तामाङको घरमा ब्राउन सुगर र गाँजा बिक्री तथा सेवन गरिरहेको सूचनाका आधारमा इप्रका उर्लाबारीबाट खटिएको प्रहरी टोलीले छापा हानी उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ पर्नेमा उर्लाबारी ७,  स्कुलडाँडाकी २१ वर्षीया ममता तामाङ, उर्लाबारी ७, बरगाछीका २४ वर्षीय मिलन याक्सो, उर्लाबारी ९, भोटेपुलका २८ वर्षीय आकाश लिम्बू, उर्लाबारी ७, बरगाछी टोलका १९ वर्षीय असिम लिम्बू, झापा दमक ७, बजार लाइनका १९ वर्षीय ससिन सेख, दमक ४, सिर्जना टोलका ३० वर्षीय सुमन सुनुवार, मोरङ रतुवामाई ८, इटहराका २२ वर्षीय रुमपमान केदेम (लिम्बू), रतुवामाई १०, सातमेडीका १९ वर्षीय एन्जिल मगर र मोरङ रतुवामाई ९, इटहराका २५ वर्षीय मन्जिल बस्‍नेत छन् ।

उनीहरुका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता (डीएसपी) मानबहादुर राईले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट ब्राउन सुगर ४ ग्राम ७२७ मिलिग्राम,गाँजा १८४ ग्राम २३० मिलिग्रामसहित उनीहरुले प्रयोग गर्ने मोटरसाइकल बरामद भएको जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *