Home / Nepal / News / बुधबार पनि प्रधानमन्त्री ओली र रास्ट्रपति बिद्यादेबि भन्डारीबिच एक घन्टा भेटघाट

बुधबार पनि प्रधानमन्त्री ओली र रास्ट्रपति बिद्यादेबि भन्डारीबिच एक घन्टा भेटघाट

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच बुधवार पनि भेटघाट भएको छ। सत्तारुढ दल नेकपाको पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओली र रास्ट्रपति विद्यादेबि भन्डारीको भेटघाट बाक्लिएको छ।

मंगलवार साँझ शीतलनिवास पुगेका प्रधानमन्त्री ओलि बुधवार पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाइ भेट्न सितलनिबास पुगेका थिए। बुधवार प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग झण्डै एक घण्टा भेटघाट गरेको स्रोतले जनाएको छ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगी पार्टी फुटको अवस्थामा पुगेको बेला प्रधानमन्त्री ओलीले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग समेत भेटघाट गरेका थिए।

पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि बुधवार १ बजेका लागि नेकपा सचिवालय बैठक बस्नु अघि ओली शीतलनिवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। बुधबार १ बजेको लागि तय भएको मन्त्रिपरिषद् बैठक सचिवालय बैठकका कारण २ बजेसम्मका लागि सारिएको श्रोतले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *