Home / Society / सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीकका रुपमा मनाइने छठपर्ब आज बाट सुरु

सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीकका रुपमा मनाइने छठपर्ब आज बाट सुरु

कात्तिक शुक्ल चतुर्थीदेखि शुक्लसप्तमीसम्म मनाइने छ्ठ पुजा आज बाट सुरु भएको छ। यस वर्ष कात्तिक शुक्ल षष्ठी अर्थात् मङ्सिर ५ गते शुक्रबार बेलुकी अस्ताउँदो र सप्तमी अर्थात् मङ्सिर ६ गते शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइने छ।

सूर्यको पूजा र दर्शन गरी विवाहित महिला पुरुषले पतिपत्नीको दीर्घायु एवं अविवाहित केटाकेटीले सुयोग्य वर वधु प्राप्तिको कामना र निसन्तानहरुले सन्तान प्राप्तिको कामना सहित ब्रत बस्ने चलन रहेको छ।

मनोइच्छा पूरा हुने विश्वासका साथ विशेषगरी महिलाले छठमा व्रत बस्ने गर्दछ्न। आजका दिन देखी आफ्नो शरीरलाइ चोखो राखी परम सात्विक खानामात्र खाएर कठोर ब्रत बस्नाले आफ्नो आकाङ्क्षा पुरा हुन्छ भन्ने बिश्वास रहेको छ।

पृथ्वीमा भएका सबै जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने प्रचलन रहेको हो। सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीकका रुपमा पनि छठ मनाउने गरिन्छ।

तराईमा उत्साहका साथ मनाइने छठपर्व पछिल्लो समय पहाड लगायत प्रायः सबै ठाउँमा मनाउन थालिएको छ। बिशेष गरी सूर्यको उपासनाको आधारित यस पर्ब पछिल्लो समय पहाडी समुदाय पनि यसप्रति चासो बढ्दो छ।

काठमाडौं उपत्यकाका कमलपोखरी, रानीपोखरी, गुह्येश्वरी, गौरीघाट लगायतका स्थानमा विशेष सजावट सहित मनाउने गरिन्छ।

बिरगंज, जनकपुर धामको गङां सागर, धनुष सागर, दसरथ सागर लगायतका तलाउहरुमा बिशेष झकिझकाउका साथ छ्ठ पर्बको आयोजना गर्ने गरिन्छ।

कात्तिक शुक्ल चतुर्थीका बाट सुरुहुने छठ पर्बमा पञ्चमीका दिनमा निर्जल उपवास बस्ने गर्दछ्न। दिनभरीको ब्रत पछि बेलुकी खरना खाने चलन छ।

खरना भन्नाले घरमा बनाईएको खिर जुन चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ । षष्ठीका दिन ब्रतालु हरुले ठेकुवा, फलफूल, लगायत मिठाइ पकवान छठीमातालाई चढाउने गर्छन।

पकवान, फलफूल र नरिवललाई बाँसको चोयाले बनाइएको भाँडामा सजाएर माथिबाट कपडाले छोपि अस्ताउदों सूर्यलाई अर्घ्य दिएर पोखरीमा स्नान गरीन्छ।

त्यसपछि नाचगान भजन किर्तन गरी रातभरी जाग्राम बस्ने गरिन्छ। सप्तमीका दिन उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्घ्य दिएर छठपुजा समाप्त हुने गर्दछ।

यस बर्ष कोरोना महामारीका कारण विगत वर्षजस्तो छठको रौनक भने हुनेछैन। महामारीका कारण धेरै जिल्लाहरूमा प्रसासनले यस अघि नै जमघट नहुनका लागि उर्धि जारी गरीसकेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *