Home / World News / ठेलामा राखेर मोमो बेच्दै आएका युवामा कोरोना रिपोर्ट पोजिटिभ आएपछि…

ठेलामा राखेर मोमो बेच्दै आएका युवामा कोरोना रिपोर्ट पोजिटिभ आएपछि…

एजेन्सी । भारतको मध्य प्रदेशको ग्वालियर शहरमा, एक म:म विक्रेताले जनताका लागि समस्या खडा गरेका छन् ।

ति विक्रेताले शहरको गोलाको मन्दिरमा ठेलामा राखेर मोमो बेच्दै आएका थिए । तर अब उसको कोरोनामा रिपोर्ट पोजिटिभ आएको छ ।

जसका कारण मानिसहरूमा हलचल मचिएको छ । जिल्ला प्रशासनले मोमो विक्रेताको सम्पर्कमा आएकाहरुलाई आआफ्नो कोरोना परीक्षण गर्न अपील गरेको छ ।

ग्वालियर कलेक्टर विक्रम सिंहले मोमोका पारखीहरु जो उस्को सम्पर्कमा आएका थिए उनीहरुले जिल्ला अस्पतालमा गएर आफैले आफ्नै खर्चमा परीक्षण गराउनु पर्ने बताएका छन् ।

सयौं मोमो पारखीहरु हरेक दिन ती म:म बिक्रेताको सम्पर्कमा आउने गरेका थिए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *