Home / Nepal / गण्डकी प्रदेशमा ५३ संक्रमित थपिए, कुन जिल्लामा कति ?

गण्डकी प्रदेशमा ५३ संक्रमित थपिए, कुन जिल्लामा कति ?

पोखरा । गण्डकी प्रदेशमा ५३ कोरोना संक्रमित थपिएका छन् । 

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले सोमबार राति ८:३० बजे सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार प्रदेशमा ५३ संक्रमित थपिएका हुन् । 

नयाँ तथ्यांक अनुसार तनहुँमा १७, स्याङ्जामा ९ जना, बागलुङमा ८ जना, गोरखमा ११ जना, लमजुङमा ५ जना, पर्वतमा एकजना, नवलपुरमा एकजना र कास्कीमा एकजना संक्रमित थपिएका हुन् । 

हाल कोरोना संक्रमितको संख्या ५९३ पुगेका छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *