Home / Nepal / News / सत्तारूढ गठबन्धनको बैठक जारी

सत्तारूढ गठबन्धनको बैठक जारी

काठमाडौं : सत्ता गठबन्धन दलका नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेका छन्।

बैठकमा मन्त्रिपरिषद् विस्तार, मन्त्रालयको भागबन्डालगायत विषयमा छलफल भइरहेको बताइएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको डेढ महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्ण दिन सकेका छन्।

बैठकमा प्रधानमन्त्री देउवासहित कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरू उपस्थित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *