Home / Nepal / चीनबाट काठमाडौं आउँदै गरेको जहाजले ‘ओभरसुट’ गरेपछी

चीनबाट काठमाडौं आउँदै गरेको जहाजले ‘ओभरसुट’ गरेपछी

काठमाडौं : चीनको छेन्दुबाट काठमाडौं आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ‘ओभरसुट’ गर्नुपरेको छ। यसक्रममा सो जहाजले एक घण्टा बढी आकाशमा फन्को लगाउनुपरेको जनाइएको छ।

मौसम खराबीले विमानस्थलको ‘भिजिबिलिटी’ कमजोर हुँदा अवतरणका क्रममा रहेको जहाजले ओभरसुट गर्नुपरेको विमानस्थलले जनाएको छ।

आज बिहान ६ः२९ बजेका लागि अवतरण समय तालिका रहेको उक्त जहाजले अवतरणका क्रममा इमाडोलनजिकबाट ओभरसुट गरेको थियो । उक्त जहाज बिहान ७ः५१ बजे मात्रै अवतरण भएको विमानस्थलले जनाएको छ।

मौसम खराबीले जहाजले ओभरसुट गर्नुपरेको विमानस्थलका एक उच्च अधिकारीले जानकारी दिए। “जहाज सामान्य एप्रोचमा आएको हुन्छ, सामान्य मौसम खराबीले धावनमार्ग ‘रनवे’ मिस एप्रोच भए पनि नेक्स्ट एप्रोचका लागि ओभरसुट गर्नुपरेको हो,” उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *