काठमाडौं : अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुंगा–नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणका अनुसार त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जादा सडक अवरुद्ध भएकोले
अहिले राजधानीबाट नागढुंगा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारीसाधन लाइनमा बस्नुपरेको छ। पहिरो पन्छाउनका लागि प्रहरीको टोली घटनास्थलसम्म पुगिसकेको उनले बताए।
सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोलानजिकै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमाथिबाट पहिरो खस्दा पटक–पटक राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन्।






