काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। गौतम शुक्रवार दिउँसो बालुवाटार पुगेको उनका स्वकीयसचिव दीपक टमटाले जानकारी दिए।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएयता वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान चलाइरहेका छन्। उनले बिहीबार बिहान नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए।
उनले ओली र प्रचण्ड–नेपालबीच एकताको प्रस्ताव राखेको बताइन्छ। केही दिनअघि उनले एक विज्ञप्ति जारी गर्दै पार्टी एकताका लागि दुवै अध्यलाई आग्रह गर्ने जानकारी दिएका थिए।






