Home / Nepal / News / दरबार हाई स्कुलमा चीन सरकारको सहयोग

दरबार हाई स्कुलमा चीन सरकारको सहयोग

काठमाडौं : चीन सरकारले काठमाडौंको दरबार हाई स्कुललाई शैक्षिक सामग्री सहयोग उपलब्ध गराएको छ। चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा चीन सरकार र चिनियाँ जनताको तर्फबाट स्टेसनरी सामग्री, खेलकुद सामग्री, स्वास्थ्य सामग्री, ड्रेस सहयोग गरेको छ।

दरबार हाई स्कुलमा शुक्रबार विशेष कार्यक्रम आयोजना गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शैक्षिक सामग्री हस्तान्तरण गरे। सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले चीन सरकारले आफैंले पुनर्निर्माण गरेको विद्यालयमा चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा खेलकुद, स्वास्थ्य सामग्री, स्टेसनरी तथा ड्रेस सहयोग गरेको बताए।

२०७२ को भूकम्पबाट दरबार हाइस्कुल पूर्ण रुपमा क्षति भएपछि चीन सरकार आफैंले विद्यालय भवनको निर्माण गरेको थियो। पुनर्निमाण पछाडि बनेको भवनमा रहेका कक्षा कोठाहरु ठूला, फराकिला र आधुनिक देखिएको छ। चीन सरकारको सहयोगमै विद्यालयमा फर्निचरलगायत सबै सामग्रीको व्यवस्थापन गरिएको थियो। पुनर्निर्माणपछि विद्यालयमा पठनपाठन सुरु भइसकेको छ।

चीन सरकारको सहयोग निरन्तर प्राप्त भइरहेको भन्दै मन्त्री श्रेष्ठले राजदूत यान्छीलाई धन्यवादसमेत दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *