Home / Nepal / News / अर्थ सचिवमा मधुकुमार मरासिनी नियुक्त

अर्थ सचिवमा मधुकुमार मरासिनी नियुक्त

काठमाडौं : सरकारले अर्थ सचिवमा मुधकुमार मरासिनीलाई ल्याएको छ। विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिएको हो।

अर्थमन्त्री जनार्दन शर्माका प्रेस सल्लाहकार गोविन्द रोकाका अनुसार गएको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई अर्थ सचिवमा नियुक्त गरेको हो। यसअघि, मरासिनी महालेखा नियन्त्रक थिए।

अर्थ सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *