Home / Sports / नेपाली राष्ट्रिय फुटबल खेलाडीलाई प्रशिक्षणबाट १० दिनको विश्राम

नेपाली राष्ट्रिय फुटबल खेलाडीलाई प्रशिक्षणबाट १० दिनको विश्राम

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीले बन्द प्रशिक्षणबाट १० दिनको विश्राम लिने भएका छन्। खेलाडीहरु अब अगस्ट १० मा पुनः प्रशिक्षणमा फर्कने भएका छन्।

साफ च्याम्पियनसिप र एसिया कपको अन्तिम छनोटको तयारीमा रहेको राष्ट्रिय टिमलाई १० दिनको बिदा दिइएको हो ।
बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई पारिवारीक समय दिनका लागि १० दिनको विश्राम दिएको हो।

नेपाललाई मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीले प्रशिक्षण दिईरहेका छन्। उनले राष्ट्रिय टिममा ३६ खेलाडीलाई राखेर प्रशिक्षण गराईरहेका छन्। उनी पछिल्लो सयम विवादका कारण प्रशिक्षणमा फर्केका भने छैनन्।

अलमुताइरीले वरिष्ठ उपाध्यक्षमाथि आरोप लगाउदै राजीनामा दिने घोषणा गरेपछि फुटबल विवाद उत्कर्षमा पुगेको थियो । घटनाको छानविनका लागि एन्फाले मन्त्रालयलाई आग्रह गरेको छ ।

छानविनको टुङ्गो नलागेसम्म प्रशिक्षणमा नदेखिने अलमुताइरीले बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *