Home / Nepal / कलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिने तयारीमा

कलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिने तयारीमा

काठमाडौं: हास्य कलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिने भएका छन। करिब ३ वर्ष अगाडि मीना ढकालसँगको २२ वर्ष लामो सम्बन्धलाई अन्त्य गर्दै सम्बन्ध बिच्छेद गरेका मनोजले पुनः विवाह गर्ने तयारी गरेका हुन। 

एपीवान टेलिभिजनसँग कुरा गर्दै मनोजले आफू विवाह बन्धनमा बाँधिन लागेको प्रोमो सार्वजनिक भएपछि उनका शुभचिन्तकले चासो व्यक्त गरेका थिए।

“केही समय पछि म विवाह बन्धनमा बाँधिन लागेको कुरा साँचो हो । तर कोसँग, कहाँ र कहिले अहिले खुलाउँदिन,” मनोजले   कुराकानीमा भने, “केही महिना अझै लाग्छ। घरायसी व्यवहारिक कुराहरु मिलाउँन बाँकी छ । एक–दुई महिना पछि मात्रै विवाह हुन्छ ।”

उनले पूर्वी नेपालमा विवाह गर्न लागेको जानकारी दिए । मनोज लोकप्रिय हास्य कलाकार हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *