Home / Nepal / बागलुङमा गाउँ पसेर आतङ्क मच्चाउने चितुवा नियन्त्रणमा

बागलुङमा गाउँ पसेर आतङ्क मच्चाउने चितुवा नियन्त्रणमा


बलेवा : बागलुङको जैमिनी नगरपालिका–१, कुश्मिशेराको कान्ले गाउँमा आइतबार बिहानैदेखि जङ्गलबाट निस्केर आतङ्क मच्चाएको चितुवा नियन्त्रणमा लिइएको छ।

जङ्गल बाट निस्केर गाउँ डुल्न थालेपछि स्थानीयबासी तर्सिएका थिए। चितुवा घर–घरमै पुगेपछि स्थानीयबासीले लखेटेका थिए। कान्लेको पाखो नजिकैको खोल्सामा बसेको चितुवा लठ्ठिएको अवस्थामा रहेको डिभिजन वन कार्यालयले जनाएको छ।

पानीको ताल रहेको खोल्सामा पुगेपछि चितुवा त्यहीँ बसिरहेको अवस्थामा नेपाल प्रहरी, नेपाली सेना र सबडिभिजन वन कार्यालय कुश्मीशेराको सक्रियतामा वनको अनुमतिमा आइतबार राति नियन्त्रणमा लिइएको डिभिजन वन अधिकृत मुकुन्द अधिकारीले जानकारी दिए।

चितुवालाई सोमबार सदरमुकाम बागलुङ बजारमा रहेको डिभिजन वन कार्यालय ल्याइँदै छ। ‘‘यहाँ ल्याएर चितुवाको अवस्था बुझ्छौँ । सामान्य अवस्था भए वनमा छोडिदिने हो, बिरामी भए उपचार गरेर छोड्छौँ,’’ डिभिजन वन अधिकृत अधिकारीले भने, ‘‘असामान्य अवस्थामा रहेको खबर छ । पशु चिकित्सकको सहयोगमा उपचार हुन्छ ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *