Home / Nepal / नेसनल माइक्रोफाइनान्सले सेयरधनीलाई २७ प्रतिशत लाभांश दिने

नेसनल माइक्रोफाइनान्सले सेयरधनीलाई २७ प्रतिशत लाभांश दिने

काठमाडौं : नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको पुस १९ गते आइबार बसेको बैठकले आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। 

कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी २६ करोड ४० लाख ४५ हजार २५० रुपैयाँको २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमध्ये २१ प्रतिशत बोनस सेयर र बोनस तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत गरी ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *