Home / Nepal / News / नागढुङ्गाबाट स्रोत नखुलेको एक करोड ४७ लाखसहित भारतीय नागरिक पक्राउ

नागढुङ्गाबाट स्रोत नखुलेको एक करोड ४७ लाखसहित भारतीय नागरिक पक्राउ

काठमाडौं : काठमाडौं भित्रिने मुख्य नाका नागढुङ्गाबाट स्रोत नखुलेको एक करोड ४७ लाखसहित भारतीय नागरिक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा ३० वर्षीय अमित कुमार गुप्ता रहेका छन्। उनी कपिलबस्तुबाट काठमाडौं आउन लागेको बेला नागढुङ्गामा उनको निजी सवारी जाँच गर्ने क्रममा सो रकम फेला परेका उच्च प्रहरी अधिकारीले जानकारी दिए।  सो रकम हुण्डीका लागि प्रयोग गरिन सक्ने प्रहरीको प्रारम्भीक आशंका छ । रकमबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *