Home / Sports / जर्मन बुन्डेसलिगामा लिग लिडर बायर्न पराजित

जर्मन बुन्डेसलिगामा लिग लिडर बायर्न पराजित

काठमाडौ- जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख पराजित भएको छ। शुक्रबार राति भएको खेलमा बायर्न बोरुसिया मन्छेनग्लाडबाख सँग ३-२ गोल अन्तरले पराजित भएको हो।

सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा बायर्न पराजित भएको हो।

मन्छेनग्लाडबाखको मैदानमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलबाट बायर्नले २० औं मिनेटमा अग्रता बनाएको थियो। खेलको २६ औं मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए।

तर, घरेलु टोलीले उत्कृष्ट पुनरागमन गर्यो। खेलको ३६ औं मिनेटमा जोनास होफम्यानले गोल गर्दै घरेलु टोलीलाई २-१ को स्थितिमा ल्या ।

पहिलो हाफको इन्जुरी समयमा जोनासले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए।

त्यसपछि खेलको ४९ औं मिनेटमा फ्लोरियन नेउहुसले गोल गर्दै मन्छेनग्लाडबाखलाई ३-२ को जित दिलाए।

जितसँगै मन्छेनग्लाडबाखले १५ खेलमा २४ अंक जोडेको छ। मन्छेनग्लाडबाख सातौं स्थानमा रहेको छ। बायर्नले १५ खेलमा ३३ अंक जोडेको छ। बायर्न शीर्ष स्थानमा यथावत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *