Home / World News / जनवरी २० मा हुने नयाँ राष्ट्रपति जो बाइडनको शपथग्रहण समारोहमा ट्रम्प उपस्थित नहुने-

जनवरी २० मा हुने नयाँ राष्ट्रपति जो बाइडनको शपथग्रहण समारोहमा ट्रम्प उपस्थित नहुने-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही जनवरी २० मा हुने नयाँ राष्ट्रपति जो बाइडनको शपथग्रहण समारोहमा आफू उपस्थित नहुने घोषणा गरेका छन्।

नयाँ राष्ट्रपतिको शपथग्रहण समारोहमा निवर्तमान राष्ट्रपति उपस्थित भएर औपचारिक बधाइ दिने लोकतान्त्रिक परम्पराविपरीत ट्रम्पले शुक्रबार ट्वीटरमार्फत् उक्त कार्यक्रममा नजाने जानकारी दिएका हुन्। यसलाई ट्रम्पको अर्को अलोकतान्त्रिक आचरणका रूपमा लिइएको छ।

उपराष्ट्रपति माइक पेन्स भने शपथग्रहण समारोहमा उपस्थित हुन्छन् कि हुन्नन् यकिन छैन। उनले आफू समारोहमा जान इच्छुक रहेको जनाएका छन्।

ट्रम्पका समर्थकद्वारा बुधबार संसद भवनमा भएको हमलापछि नयाँ राष्ट्रपति बाइडनको शपथग्रहण कडा सुरक्षाबीच हुने अनुमान गरिएको छ।

उक्त घटनाका कारण ट्वीटर, फेसबुक, स्न्यापच्याट, इन्स्टाग्राम लगायत विभिन्न सामाजिक सञ्जालले ट्रम्पमाथि निषेध लगाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *