Home / Nepal / कमलामाई नगरपालिकाको विपत व्यवस्थापन कोषमा लक्ष्मी बैंकबाट सहयोग

कमलामाई नगरपालिकाको विपत व्यवस्थापन कोषमा लक्ष्मी बैंकबाट सहयोग


सिन्धुली । कोरोना भाइरसबाट संक्रमीत तथा प्रभावित व्यक्तिहरुलाई सहयोग गर्ने उदेश्यले लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुबित्त वित्तीय संस्था लि शाखा कार्यालय भिमान सिन्धुलीले कमलामाई नगरपालिकाको विपत व्यवस्थापन कोषमा रु १०,००० को चेक नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीलाई हस्तान्तरण गरेको छ ।

लक्ष्मी लघुबित्त को तर्फबाट सामाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यले उक्त रकम सहयोग गरिएको शाखा प्रबन्धक अरुण लामिछाने ले बताए ।

यस शाखाबाट कर्जा कारोबार गरी चैत्रबाट किस्ता तिर्न असमर्थ ग्राहक लाई आगामी मसान्तसम्म कर्जाको ब्याज तथा सावा भुक्तानी गरि ३ प्रतिशत ब्याज छुट समेत रहेको जानकारी शाखा प्रमुख लामिछानेले जानकारी गराए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *