पोखरा । गण्डकी प्रदेशका नवलपरासी (बर्दघाट सुस्ता पूर्व), म्याग्दी र बाग्लुङमा थप २४ जनामा कोरोना संक्रमण देखिएको छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ ।
नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) बौदीकाली गाउँपालिकामा ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० का १२ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
उनीहरुलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) जिल्लाको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
म्याग्दी जिल्ला, बेनी नगरपालिकाका वर्ष ४६ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
बाग्लुङ निसीखोला गाउँपालिका वर्ष २१, २६ र २७ का ३ जना पुरुष र सोहि जिल्ला बरेङ गाउँपालिकाका वर्ष २४, २२, १८, २४, १८, ४९, २३ र २७ का ८ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
उनीहरुलाई सम्बन्धित जिल्लाको सरकारी अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनाद विन्दु शर्माले जनाएका छन् ।






