Home / Nepal / लगानी कोषले ब्याजमा १० प्रतिशत छुट दिने

लगानी कोषले ब्याजमा १० प्रतिशत छुट दिने

काठमाडौं । नागरिक लगानी कोषले ब्याजमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । कोरोना महामारीबाट प्रताडित सेवाग्राहीलाई राहत दिन कोषले यस्तो सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।

यस व्यवस्था अनुसार नियमित कोष कट्टी गर्ने सेवाग्राहीले लिएको आवास कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जामा २०७६ चैतदेखि २०७७ असारसम्ममा ब्याज बुझाएमा १० प्रतिशत छुट पाउनेछन् ।

कोषको विज्ञप्तिमा भनिएको छ–‘तोकिएको समयमा ब्याज भुक्तानी गर्नेलाई हाल छुट प्रदान गर्ने गरिएको ब्याज रकममा सो छुट समेत गरी २०७६ चैत देखि २०७७ असारसम्मको ब्याज २०७७ असार भित्र बुझाएमा सो अवधिमा पाकेको ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरिएको छ ।’

त्यसैगरी कोषमा नियमित रुपमा रकम जम्मा गरी कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राहीहरु कोरोना भाइरसका कारण मृत्यु भएमा निजको हकवालालाई क्षतिपूर्तिवापत २ लाख रुपियाँ प्रदान गर्ने निर्णय पनि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *