अछाम: निरन्तर बर्षा पछि मङलबार राति आएको बाढीले बगाएर अछामको रामारोसन गाउँपालिकामा चार जनाको मृत्यु भएको छ भने दर्जनौं घरहरु बगाएका छ्न।
रामारोसन गाउँपालिका–५ का दर्जनौं मानिसहरू अहिलेसम्म पनि सम्पर्क बिहिन छ्न।
रामारोसन गाउँ पालिकाका, गजड, सैनीबजार, खालबजार, लगायतका स्थानहरु बाढीको चपेटामा परेका छ्न।
घटनाबारे जानकारी पाए लगत्तै प्रहरी टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोली घटनास्थल पठाइएको जानकारी दिनु भएको छ।
घटना स्थल पुग्न अझै केही समय लाग्ने भएकोले बिस्तृत विवरण आइ नपुगेको जनाइएको छ।
साथै घाइतेको उद्दारका लागि केन्द्र र प्रदेश सरकारलाई हेलिकप्टर पठाइदिन अनुरोध गरिएको अधिकारीले बताउनु भएको छ।






