काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ। राति १२:४५ बजे हुने खेलमा जर्मन क्लब बार्यन म्युनिख र फ्रेन्च क्लब लियोन एक आपसमा प्रतिस्पर्धा गर्ने छन्।
जारी सिजन च्याम्पियन्स लिगमा शतप्रतिशत विजयी यात्रामा रहेको बार्यनलाई उपाधि होडको मुख्य दाबेदार टिमको रुपमा हेरिएको छ।
उसले क्वार्टरफाइनलमा स्पेनिस क्लब बार्सिलोनामाथी ८–२ को सनसनीपुर्ण जित हासिल गर्दै सेमिफाइनल मा प्रवेश गरेको थियो । यता, लियोनले अर्को प्रमुख उपाधि दाबेदार इंग्लिस क्लब म्यानचेस्टर सिटीमाथि ३–१ को अप्रत्यासिजत जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो।
बार्यन यस सिजन सबै खेल जित्दै उपाधि जितेर इतिहास रच्ने दाउमा छ भने यता लियोन पनि बार्यनमाथी अप्रत्याशित जित निकाल्दै च्याम्पियन लिगको फाइनल पुगेर इतिहास रच्ने दाउमा हुने छ।
आज हुने दोस्रो सेमिफाइनलको खेल जित्ने टोलिले फ्रेन्स क्लब पिएसजीसङ फाइनलमा भेट पक्का गर्ने छ। हिजो भएको प्रहिलो सेमिफाइनल खेलमा जर्मन क्लब आरबि लेइपजिग माथि ३-० को जित निकाल्दै पिएसजी फाइनल प्रवेश गरेको हो।
च्याम्पियन्स लिगमा आज दोस्रो सेमिफाइनल खेल : बार्यन र लियोन भिड्दै






